गृहपृष्ठ ‘असईमा जागिर लगाईदिन्छु’ भन्दै ठगेको अभियोगमा पक्राउ

‘असईमा जागिर लगाईदिन्छु’ भन्दै ठगेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

नेपाल प्रहरीको असईमा जागीर लगाईदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका- ३ भुल्के बस्ने २२ वर्षीय बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका- ६ बाट प्रहरीले पक्राउ गरेको छ ।

वाग्लेले प्रहरीको नक्कली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समयअगाडि देखि नै प्रहरीको असईमा जागिर लगाईदिन्छु भन्दै दुवै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको  आरोप छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्दामा जिल्ला अदालत झापाको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु