गृहपृष्ठ कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना, चार घाइते

कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना, चार घाइते

accident_newskarobar

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा आज राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका-३ सियालामा दुर्घटनामा परेको थियो ।

ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो । घाइते हुनेमा ठाटीकाँध-६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु-२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र जुम्ला जिल्ला सिंजा गाउँपालिका-६ का १८ वर्षीय कर्णबहादुर बुढा छन् ।

घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

प्रकाशित समय ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु