गृहपृष्ठ रूकुम र उदयपुरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल जलेर नस्ट

रूकुम र उदयपुरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल जलेर नस्ट

सांकेतिक तस्बिर ।

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका १२ ठुलिबार्खु बस्ने ५८ वर्षीय लाल बहादुर बिष्टको घरमा बिहीबार दिउँसो आगलागी भई छिमेकी प्रताप बिष्टको घरमा समेत फैलिएर आगलागी हुँदा दुवै जनाको घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका–३ रमाईलो डाँडा बस्ने एकराज राईको घरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्ण रुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(सच्याइएकोः यसअघि असावधनीवस अष्ट्रेलियाका तस्बिर प्रयोग हुन गएमा भूलसुधार गरिएको छ । प्रधान सम्पादक)

 

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु