गृहपृष्ठ कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ

कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ

arrest_पक्राउ_news karobar

भोक्राहा नरसिंह गाउँपालिका- ४ बाट प्रहरीले कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १४ बस्ने ३६ वर्षीय कृष्ण कुमार यादव मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बीआर ५० पी १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा उक्त हतियार तथा लागूऔषध फेला पारी गाडीमा सवार यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु