गृहपृष्ठ चितुवाको जस्तो देखिने छाला र हड्डीसहित पक्राउ

चितुवाको जस्तो देखिने छाला र हड्डीसहित पक्राउ

बुङगल नगरपालिका- ११, कमलपुर खौराधार बस्ने ३३ वर्षीय प्रेमबहादुर बोहरालाई चितुवाको जस्तो देखिने छाला र हड्डीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी बिथ्थडचिरबाट खटिएको प्रहरीले बोहराको घर तालसी गर्दा अन्दाजी ८ फिट २ ईन्च लम्बाई र २६ ईन्च चौडाई भएको छाला तथा हड्डी अन्दाजी साढे ३ केजी फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु