गृहपृष्ठ महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

महोत्तरीको सम्सी गाउँपालिका असार ६ गते सम्मका लागि सिल गरिएको छ । हालसम्म २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले ७२ घण्टाको लागि सम्सीलाई सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सुचना अधिकारी कामेश्वर यादवका अनुसार असार ३ गते राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्म सम्सी गाउँपालिकाभित्र अत्यावश्यकबाहेकका  गतिविधि गर्न प्रवेश निषेध गरिएको छ ।

सो अवधिमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरि टेष्ट गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु