गृहपृष्ठ अटोमेटिक पेस्तोलसहित पक्राउ
अटोमेटिक पेस्तोलसहित पक्राउ
फाइल तस्बिर ।
जनकपुर उपमहानगरपालिका- १०, बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मुखियापट्टी मुसरहनिया गाउँपालिका- ३ का २१ वर्षीय सुजित यादव सोमबार बिहान प्रहरीले पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज. १ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनीभित्र लुकाईछिपाई राखेको उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १८:०० बजे

















