गृहपृष्ठ कैलालीमा बिहीबार रातिदेखि १४ गतेसम्म निषेधाज्ञा
कैलालीमा बिहीबार रातिदेखि १४ गतेसम्म निषेधाज्ञा
कैलालीमा बिहीबारदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लागू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भोलि राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । उनले यो अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि बन्द रहने जानकारी दिए ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवा सञ्चालनमा भने रोक नलगाइने उनले बताए ।

प्रकाशित समय १८:३८ बजे

















