गृहपृष्ठ दुई गाउँका युवाबीच झडप हुँदा ६ जना घाइते
दुई गाउँका युवाबीच झडप हुँदा ६ जना घाइते
क्षिरेश्वरनाथ नगरपालिका- १० हारसरमा गएराति दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् । स्थानीय ललित पासवान र महबुब पासवानबीच भएको कुटपिट घटना पुर्वारी टोल र पछवारी टोलका युवाहरुबीच झडपमा भएको थियाे ।
झडपमा परेर हारसर पछबारी टोलका ३० वर्षीय पूजन चौधरी, ३५ वर्षीय दिपनारायण चौधरी, ३२ वर्षीय विरेन्द्र चौधरी, ३० वर्षीय रामकरण चौधरी, २९ वर्षीय विनोद साह र ३५ वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । घाइतेहरुको टाउको, मुख र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । अधिकांशको टाउको फुटेको छ । घाइतेमध्ये पूजनको उपचार जानकी हेल्थ केयर जनकपुरमा र बाँकी ५ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पुरबरिया टोलका युवाहरुमा ३० वर्षीय महबुब राइन, २८ वर्षीय मतबुल राइन, २९ वर्षीय ममताज राइन र ३० वर्षीय रफिद कवारी कुटपिटमा संलग्न रहेको वडाध्यक्ष रामपदार्थ यादवले बताए ।
प्रहरीको टोली घटनास्थलको अनुगमन गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले बताएका छन् । घटना संलग्न युवाहरु फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।
प्रकाशित समय २०:२२ बजे

















