गृहपृष्ठ ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ले पोखरामा र्‍याली गर्ने

‘पश्चिमाञ्चलवासी नेपाली जनता’ले पोखरामा र्‍याली गर्ने

‘पश्चिमाञ्चलवासी नेपाली जनता’ले बुधबार पोखरामा र्‍याली आयोजना गर्ने भएको छ । स्वाभिमानी नेपालीहरुलाई ऋणको दलदलमा फसाउँदा राष्ट्र नै आक्रान्त भएको विरोधमा राष्ट्रिय झण्डासहितको कार र मोटरसाइकल र्‍यालीको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

र्‍याली कुनै पार्टी विशेषको नभएकाले समग्र नेपाली जनतालाई स्वतःस्फूर्त रुपमा सडकमा आउन शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले आग्रह गरे । उनका अनुसार र्‍याली पोखराको अमरसिंहचोकबाट सुरु भइ पोखराका विभिन्न भागको परिक्रमा गर्दै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा आई कोणसभामा परिणत हुने छ ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु