गृहपृष्ठ विपद व्यवस्थापनका लागि सुझाव लिँदै विराटनगर महानगरपालिका

विपद व्यवस्थापनका लागि सुझाव लिँदै विराटनगर महानगरपालिका

bipat-newskarobar

विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभाहलमा बसेको बैठकका सहभागी सदस्यहरुले वर्षायाममा हुनसक्ने बाढी र डुबानको समस्या समाधान गर्न तम्तयार रहन सुझाव दिएका छन् ।

नेकपाका नगर संयोजक नमिता न्यौपानेले बाढी र डुबानको समयमा आवश्यक पर्नसक्ने जनशक्ति र श्रोतसाधनको पर्याप्त बन्दोबस्त गर्नुपर्ने बताइन् । उनले विपद जुनसुकै कारणले जुनसुकै समयमा आउनसक्ने भएकाले हरदम तयार अवस्थामा रहनुपर्ने बताइन् ।

नेपाली कांग्रेसका नगर सचिव प्रकाश दाहालले बाढी र डुबानको समस्या हुनसक्ने मुख्य ठाउँहरुको पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने विचार व्यक्त गरे । यस्तै कार्यक्रमका अन्य सहभागीले पानी जम्न सक्ने ठाउँहरुमा उचित निकासको व्यवस्था गरेर जोखिम कम गर्न सकिने सुझाव दिए ।

बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले प्राप्त सुझावका आधारमा विपद व्यवस्थापनका लागि महानगरले विशेष योजना बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु