गृहपृष्ठ प्रकृति–मानव केन्द्रित जनअभियानको राष्ट्रिय सम्मेलन विराटनगरमा

प्रकृति–मानव केन्द्रित जनअभियानको राष्ट्रिय सम्मेलन विराटनगरमा

‘भावी पुुस्ताका लागि पृथ्वी बचाऔं’ भन्ने नाराका साथ प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा हुुने भएको छ । शनिबारदेखि सुुरु हुने दुुई दिने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
सम्मेलन आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा ४९ जिल्लाका १ सय ५० जनाको सहभागिता रहने छ ।
सम्मेलनमा भारत, श्रीलंका र वंगलादेशवाट समेत प्रतिनिधी सहभागी हुुने जनाइएको छ । प्राकृतिक मानव केन्द्रित जनअभियानका राष्ट्रिय अध्यक्ष सन्तबहादुुर घिसिंगले जलवायुु परिवर्तन तथा पर्यावरणीय चुुनौती र समाधानका उपाय वारेमा सम्मेलनमा वृह्त छलफल हुुने वताए ।
यसैगरी सम्मेलनमा जैविक विविधता तथा सुुशासन र मुुलुुकको अर्थ व्यवस्थाका विषयमा छलफल हुुने उनले वताए । विराटनगरको अतिथि सदनमा हुुने सम्मेलन अघि विराटनगरमा ¥यालीको आयोजना गरिने सम्मेलन आयोजक समितिका संयोजक मणीकुुमार अज्र्यालले वताए । सम्मेलनले केन्द्रिय नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालवावुु पण्डितले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु