गृहपृष्ठ प्रदेश १ मा लकडाउन : राजधानी विराटनगर सुनसान

प्रदेश १ मा लकडाउन : राजधानी विराटनगर सुनसान

१४३ थान सवारी साधन नियन्त्रणमा

लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारीसाधन फाटफुट चलेका छन् ।

बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स-साना पसल पनि बन्द छन् । मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रुपमा नियम पालना गरिरहेको पाइएको छ ।

१४३ थान सवारी साधन नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १४३ थान सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १३९ थान मोटरसाइकल र चार थान चार चक्के सवारी साधन रहेका सञ्चार शाखाले जनाएको छ ।

अतिआवश्यक काम तथा पसल खोल्नु परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खुलाउने र लकडाउनलाई कडाइका साथ पालना गराउनेतर्फ सबैको ध्यान जानुपर्ने एसपी विश्व अधिकारीले बताए । यसैगरी जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएकाबाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने उनले जानकारी दिए ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु