गृहपृष्ठ मृगौलापीडित १६ वर्षीय छोरालाई बचाइदिन अभिभावको आग्रह

मृगौलापीडित १६ वर्षीय छोरालाई बचाइदिन अभिभावको आग्रह

मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन । उनले आफ्ना १६ बर्षीय छोरा अभिषेककुमार चन्द्रवंशीको जीवन बचाई दिन अपिल गरेका हुन ।

स्थानीय अमरसिंह उच्च मावि कक्षा ९ मा अध्ययनरत अभिषेकको दुवै मृगौला फेल भएपछि उनले सहयोगीहरुलाई आह्वान गरेका हुन् ।

उनले छोराको उपचारका लागि भारतको मेदान्त, एपोलो, काठमाडौंको कान्तिबाल, टिचिङ र धरानको घोपामा देखाउँदा आफूसँग भएको सबै रकम सकिएको बताए । अहिले अभिषेकको विराटनगरस्थित नोबेल अस्पतालमा डायलाइसिस भैइरहेको छ ।

मृगौला प्रत्यारोपण गर्न विराटनगर बाहिर लान अस्पतालले सल्लाह दिएको पीडित बालकका बुबा हरिबोल चन्द्रबंशीले जानकारी दिए । उनले अहिलेसम्म २० लाखभन्दा बढी खर्च भैइसकेको बताउँदै छोराको मृगौलासँग आफ्नो र श्रीमतीको मृगौला म्याच भएको तर आर्थिक अवस्था कमजोर भएकाले मृगौला प्रत्यारोपणमा सहयोग पु-याउन अनुरोध गरे ।

कमजोर आर्थिक अवस्था भएको चन्द्रवंशी परिवार अभिषेकको मृगौला फेल भएपछि बिचल्लीमा परेको छ । कृषि पेशा गरेर जीवन यापन गर्दै आएको चन्द्रवंशी परिवारलाई अहिले अभिषेकको उपचार गर्न समस्या भएको छ । स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका अभिषेकलाई २०७२ सालदेखि पिसाबमा समस्या देखिएको थियो ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु