गृहपृष्ठ एक नम्बर प्रदेश सरकारले दोहोरो र अनावश्यक कर हटाउने
एक नम्बर प्रदेश सरकारले दोहोरो र अनावश्यक कर हटाउने
प्रदेश १ सरकारले प्रदेशभित्र लगाइएका अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताएका हुन् ।
प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आङ्वोले करको विषयमा कतिपय स्थानिय तहले सामान्य त्रृटी गरेको भए पनि त्यसलाई अनावश्यक चर्काइएको दाबी गरे ।
मन्त्रालयले अहिले प्रदेशभरिका एक सय ३७ वटै स्थानीय तहका आर्थिक ऐन झिकाएर उनीहरुले लगाएको करबारे अध्ययन गरिरहेको बताउँदै उनले अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने स्पष्ट पारेका हुन ।
संघ र प्रदेश सरकारले लगाएका करमा खासै विवाद नभएको उल्लेख गर्दै उनले स्थानीय तहका करमा उत्पन्न विवाद समाधानका लागि मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।
कतिपय स्थानीय तहले क्षेत्राधिकार बाहिर कर लगाएको र कतिपयमा दोहोरो करको समस्या देखिएको स्वीकार गर्दै उनले त्यसलाई समाधान गरिने बताए ।
प्रकाशित समय १२:२० बजे