गृहपृष्ठ खदम खोलामा अवैध उत्खनन्, ३ ट्याक्टर नियन्त्रणमा

खदम खोलामा अवैध उत्खनन्, ३ ट्याक्टर नियन्त्रणमा

मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन् बढेको छ ।

शनिबार राति मात्रै प्रहरीले अवैध रुपमा बालुवा, ढुंगा, रोडा, उत्खनन् र लोड गरिरहेको अवस्थामा तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । को २ त ७४३९, को २ त ७८४७ र को२त ६४९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीलाई देख्नासाथ ट्याक्टरका चालक फरार भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु