गृहपृष्ठ धनुषामा बजार अनुगमनलाई चौथो दिन समेत निरन्तरता
धनुषामा बजार अनुगमनलाई चौथो दिन समेत निरन्तरता
फाइल तस्बिर
संयुक्त अनुगमन टोली धनुषाले बुधबार पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । टोलीले बुधबार लगातार चौथो दिन बजार अनुगमन गरेको हो ।
डेरी उद्योग र पसललाई मुख्य रुपमा केन्द्रित गरी बजार अनुगमन गरेको छ । जनकपुर उपमहानगरपालिका वार्ड नं. १४ स्थित जानकी डेरी उद्योग, लक्ष्मीनिया गाउँपालिका वार्ड नं. १ स्थित विरेन्द्र झाले सञ्चालन गरेको मिथिला डेरी इन्डिष्ट्रिज, लक्ष्मीपुर बगेवा वार्ड नं. ८ स्थित लक्ष्मीनियामा चमेली देवी दासले सञ्चालन गरेको सुभास डेरी उद्योग र सखुवा महेन्द्रनगरमा उमेश सिंहले सञ्चालन गरेको न्यू सीताराम डेरी उद्योगमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा दर्ता प्रमाणपत्र भए नभए जाँच गर्नुको साथै कमीकमजोरी सुधार गर्न निर्देशन दिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
टोलीले क्षीरेश्वरनाथ न.पा. स्थित सखुवा महेन्द्रमा रहेको एभरेष्ट पेपर मील्स प्रा.लि.मा समेत अनुगमन गरेको थियो । अनुगमनको क्रममा उद्योगलाई निस्कने फोहोरमैला तथा फोहोर पानीलाई व्यवस्थित गर्न निर्देशन दिएको जनाइएको छ । उक्त उद्योगबाट निस्कने गरेको फोहोरमैला तथा फोहोर पानी स्थानिय नदीमा मिसाएकाले प्रदुषण बढेको स्थानियहरुको गुनासो छ ।
यस्तै क्षीरेश्वरनाथ न.पा.स्थित सखुवा महेन्द्रनगरमा रामजी सिंहले सञ्चालन गरेको माँ दुर्गा सेलर उद्योग, रंजिता सिंहले सञ्चालन गरेको माँ दुर्गा गल्ला भण्डार, वैद्यनाथ साहले संचालन गरेको सुरज किराना स्टोर्स, धनेश्वर पण्डितले सञ्चालन गरेको धनलक्ष्मी किराना भण्डार, कविता देवीले सञ्चालन गरेको माँ गायत्री ट्रेडर्स, रमतुल्लाहले सञ्चालन गरेको न्यू दवेश टेलर्स, विरेन्द्र पासवानले सञ्चालन गरेको जनता ग्यारेज सर्भिस र लक्ष्मीपुर बगेवा वार्ड नं. ८ मा शिवचन्द्र झाले सञ्चालन गरेको शिवचन्द्र ट्रेडर्समा अनुगमन गरिएको अनुगमन टोली सदस्य घरेलु तथा साना उद्योग कार्यालयका सिंहले बताए ।
अनुगममाको क्रममा किराना पसलमा फेला परेको म्याद नाघेको सामाग्रीहरुलाई नियन्त्रणमा लिएर नष्ट गरिएको थियो भने व्यवसाय दर्ता नगराएकालाई एक हप्ता भित्र नियमानुसार दर्ता प्रक्रियामा आउन तथा नवीकरण फेल भएकालाई समेत तत्कालै नियमानुसार गराउन निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ ।
प्रकाशित समय १८:५८ बजे

















