गृहपृष्ठ महिलालार्इ जबर्जस्ती करणी गर्ने प्रहरी जवानलार्इ १० वर्ष कैद

महिलालार्इ जबर्जस्ती करणी गर्ने प्रहरी जवानलार्इ १० वर्ष कैद

कपिलवस्तु- जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैंसी चराउन गएकी बोल्न नसक्ने ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए । शिवराज नगरपालिका–१० स्थित गणको पश्चिपट्टिको गेटनिर ७:३० बजेतिर ती महिलालाई करणी गरेका थिए ।
तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौठटामा कार्यरत अवस्थीबाट पीडित महिलालाई एक लाख रूपैयाँ क्षतिपूर्ति भराउनेसमेत अदालतको फैसला छ । अदालतका श्रेस्तेदार डिल्लीराज शर्माका अनुसार मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार पाँच वर्ष कैद तोकिएको छ । सोही महलको ३ (क) अनुसार शारीरिक रुपमा अस्वस्थ देखिएकोका महिलालाई करणी गरेकोमा थप पाँच वर्ष कैद सजाय गरिएको हो ।
यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ । थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताए । पीडित महिलाले औंलाको इसाराले अवस्थी र थारुतर्फ इसारा गरेकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जाएको छ । (रासस)

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु