गृहपृष्ठ मुस्लिम धर्मगुरुको १४९३ औं जन्मोत्सवमा रक्तदान

मुस्लिम धर्मगुरुको १४९३ औं जन्मोत्सवमा रक्तदान

blood-donetion-newskarobar

मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफा सल्ललहाहो अलैहे वसल्लमको १४९३ औं जन्मोत्सवको अवसरमा बुटवलमा रक्तदान गरिएको छ । धर्मगुरु पैगम्बरको जन्मोत्सवको अवसरमा रक्तदान कार्याक्रम आयोजना गरिएको यो १६ औ पटक भएको आयोजकले जानकारी दिएको छ ।

मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल–५ को आयोजानमा मस्जिद परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष तेज प्रसाद सेन्चुरीले सबै धर्मको सम्मान गर्दै समाजमा भाइचारा स्थापित गर्नुपर्नेमा जोड दिए ।

यस्तै मस्जिदका अध्यक्ष बबर अली मियाँले नियमित रुपमा रक्तदान गरी समाजिक क्षेत्रमा परिषद् अगाडि बढेको बताएका थिए ।

धर्मगुरुको जन्मोत्सवका अवसरमा शुभकामना आदान प्रदानसमेत गरिएको थियो । संस्थापक अध्यक्ष मोहमद् खालिद मियाँ, संस्थाका संरक्षक हाजी जमाल मियाँ, पूर्व अध्यक्ष हाजी मुनिर वक्स मिया, पूर्व अध्यक्ष हाजी अहमद अली मियाँ, रजाय मुस्ताफा मस्जिद समितिका अध्यक्ष हाजी मक्वुल मिया, संस्थाका उपाध्यक्ष हाजी सकुर मिया, संस्थाका बरिष्ठ उपाध्यक्ष अली उल्लाह मिया, सचिव जमिल खान, संस्थाका सह–सचिव सबर मियाँ लगायतले शुभकामना मनतव्य राख्नुको साथै रक्तदानको महत्वको विषयमा धारणाा राखेका थिए ।

मुस्लिम महिलाहरु ३ जनासहित ६० जनाले रक्तदान गरेको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको संस्थाका सदस्य कमालदिन मियाँले जानकारी दिए ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु