गृहपृष्ठ कर्णाली प्रदेश विपद काेषको ९३ प्रतिशत रकम राहत र उद्धारमै सकियो

कर्णाली प्रदेश विपद काेषको ९३ प्रतिशत रकम राहत र उद्धारमै सकियो

कर्णाली प्रदेश विपद व्यवस्थापन काेषमा हालसम्म २४ करोड ६४ लाख ३० हजार ८ सय ६८ रुपैयाँ जम्मा भएको छ । यसमध्ये २३ करोड १० लाखभन्दा बढी अर्थात ९३ प्रतिशत रकम खर्च भइसकेकाे छ ।

विभिन्न संघ संस्थाले काेषका लागि प्रदान गरेको सो रकमबाट प्रदेशका दश जिल्लामा राहत र उद्धारका लागि खर्च भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार काेषबाट प्रदेशको दश जिल्लाका जिल्ला विपद समितिलाई ५/५ करोड , सामाजिक विकास मन्त्रालयलाई २ करोड ५० लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई ३० लाख , भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १० लाख, उत्तर-पश्चिम पृतना सुर्खेतलाई २ करोड र कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहलाई १३ करोड २० लाख रूपैयाँ प्रदान गरिएको हो ।

काेषमा अब १ करोड ५४ लाख ३० हजार ८ सय ६८ रुपैयाँ बाँकी रहेको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु