गृहपृष्ठ अज्ञात समूहद्वारा गाडीमा आगजनी

अज्ञात समूहद्वारा गाडीमा आगजनी

सांकेतिक तस्बिर ।

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नं.को उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु