गृहपृष्ठ किरासहितको घरेलु मदिरा सुर्खेत प्रहरीद्वारा नष्ट
किरासहितको घरेलु मदिरा सुर्खेत प्रहरीद्वारा नष्ट
जिल्ला प्रहरी कार्यालय सुर्खेतले किरा सहितको घरेलुमदिरा शुक्रबार नष्ट गरेको छ । वीरेन्द्रनगर ९ को लाटीकोइली तथा गुर्भाकोटको जहरेबाट प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेका अनुसार बरामद गरिएको मदिरामा किरा तथा विभिन्न भित्री बस्त्रहरु भेटीएका छन् ।
गुर्भाकोटको जहरेबाट २ सय ७० केजि मदिरा बनाउने औषधी र वीरेन्द्रनगरको लाटिकोईलीबाट ७ सेट मदिरा बनाउने भाँडा तथा ३ सय लिटर तयार मदिरा तथा ५ सय लिटर कच्चा झोल रक्सी बरामद गरी नष्ट गरीएको प्रमुख रजौरेले बताए ।
उनले भने ‘यसैपनी स्वास्थ्यका लागी अत्यन्तै हानीकारक मदिरामा भित्री बस्त्र र किरा भेटिंनु राम्रो होईन । हामीले दशैलाई लक्षित गरी सामाजिक रुपमा समेत कलंक मानिएको मदिरा नियन्त्रण गरी नष्ट गर्ने कार्य अगाडि बढाएका छौं ।’
प्रकाशित समय २०:१७ बजे


















