गृहपृष्ठ विरेन्द्रनगरका एक सय ६२ घरपरिवारलाई लालपुर्जा

विरेन्द्रनगरका एक सय ६२ घरपरिवारलाई लालपुर्जा

lalpurja_birendranagar

सुर्खेतस्थित विरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा नयाँ जग्गाधनी पुर्जा वितरण गरिएको छ । शनिबार विरेन्द्रनगरमा एक कार्यक्रमका बीच एक सय ६२ घरपरिवारलाई नयाँ जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।

स्थानीय बासिन्दाबीचको जग्गा सम्बन्धी विवाद हटाउने उद्देश्यले सहरी नापी अन्तर्गतको पुर्जा वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले बताए ।

उनले भने, ‘यसअघि बाटो सहितको कर जनताले तिुर्नपर्ने बाध्यता थियो । अब जग्गा धनीले आफ्नो जग्गामाको मात्र कर तिर्नुपर्नेछ ।’

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र वडा अध्यक्ष थम्मप्रसाद गौतमले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका हुन् । कार्यक्रममा पहिलो पुर्जा जेष्ठ नागरिक चुडामणी कँडेललाई प्रदान गरिएको थियो । यसलगत्तै वडा नम्बर ७ मा पुर्जा वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

पुर्जा वितरण गर्दै नगरप्रमुख देवकुमार सुवेदीले नगरपालिकाको गुरुयोजनालाई पुर्जा वितरणले सहयोग पुग्ने बताएका छन् । उनले भने ‘पुर्जा वितरणको कार्यक्रमले स्थानीय बासिन्दाबीच जग्गा सम्बन्धी विवादको अन्त्य हुनेछ ।’ विस्तारै नगरका सबै वडामा लालपुर्जा बितरण गरिने उनले बताए ।

कार्यक्रममा वडा नम्वर ७, ९ र १० का वडा अध्यक्षहरु तथा स्थनीयको सहभागिता थियो ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु