गृहपृष्ठ किशाेरीलार्इ बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद
किशाेरीलार्इ बलात्कारपछि हत्या गर्ने युवकलाई जन्मकैद
किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत बैतडीले एक युवकलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका-४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई जन्मकैदको फैसला सुनाइएको हो । जोशीलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुत्रफबार सजाय सुनाएको होे ।
जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका-१ हाटकी १७ वर्षीया डम्बरा भट्टलाई जबर्जस्ती करणी गरी हत्या गरेको थियो । पुर्चौडीमा व्यवसाय गरिरहेका जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा जबर्जस्ती करणी गरी हत्या गरेको पुष्टि भएको छ ।
यस्तै मेलौली नगरपालिका–२ का २९ वर्षीय किशोरराम ओडले एक महिलालाई जबर्जस्ती करणी गरेको पुष्टि भएपछि आजै जिल्ला अदालतले उनलाई आठ वर्ष कैद र रु ४० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । ओडले गत जेठ ८ गते जबर्जस्ती करणी गरेको थियो । रासस ।
प्रकाशित समय १९:११ बजे

















