गृहपृष्ठ कञ्चनपुरमा दसैंभर मदिरा निषेध
कञ्चनपुरमा दसैंभर मदिरा निषेध
सांकेतिक तस्बिर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दसैं अवधिभर मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा बसेको बैठकले मदिरा उत्पादनदेखि सेवन सम्मको कार्य निषेध गर्ने निर्णय गरेको हो ।
शान्ति सुरक्षालगायत जिल्लाको समग्र परिस्थितिलाई मध्यनजर गर्दै दसैंको टीकाको दिनसम्म मदिराजन्य पदार्थको खरीद बिक्री र सेवनमा रोक लगाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।
‘शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरेका छौं,’ उनले भने, ‘तिहारको लक्ष्मी पूजा, गोवर्धन पूजा र भार्इ टिकाको दिनसमेत मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको छ ।’
बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, होटल व्यवसायी, जनप्रतिनिधि र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लगायत सहभागिता थियो । रासस ।
प्रकाशित समय १८:४१ बजे

















