गृहपृष्ठ बाजुरा र बझाङमा लागू एकीकृत बस्ती विकास अन्यौलमा

बाजुरा र बझाङमा लागू एकीकृत बस्ती विकास अन्यौलमा

झण्डै २ वर्षअगाडी सुदूरपश्चिम प्रदेशका बाजुरा र बझाङमा लागू भएको एकिकृत बस्ती विकास कार्यक्रम अन्यौलमा परेको छ । कार्यक्रम लागू भएपछि एकिकृत बस्ती विकास कार्यक्रमका लागि अध्ययन भएको छ तर त्यसपछिका प्रक्रिया अघि बढ्न नसकेको हो ।

शहरी विकास मन्त्रालयले सञ्चालन गरेको एकीकृत बस्ती विकास कार्यक्रम अहिले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ तर सो कार्यक्रमलाई अगाडि बढाउन कसैले पनि चासो दिएका छैनन् ।

बाजुराको बडिमालिका नगरपालिका र बझाङको बुङगल नगरपालिकामा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्यान भएको थियो । प्रदेश र स्थानीय सरकार गठन भएको लामो समय भएको छ तर शहरी विकास मन्त्रालयसँग एकीकृत बस्ती विकासका विषयमा समन्वय समेत गरेको छैन ।

एकीकृत वस्ती विना प्रदेशको विकास सम्भव नहुने भए पनि सुदूरपश्चिम प्रदेशका बाजुरा र बझाङ जिल्लामा लागू भएका उक्त कार्यक्रम अन्यौलमा परेको हो । भौगोलिक विकटताका कारण विकासका पूर्वाधारले गाँउ वस्तीलाई छुन नसकेकाले र २–४ घर भएको ठाउँमा पनि विकासका पूर्वाधार पुर्याउन असहज हुने भएकाले एकिकृत वस्तीको अवधारणा ल्याईएको हो ।

शहरी विकास मन्त्रालयले सञ्चालन गर्दै आएको एकिकृत बस्ती विकास कार्यक्रम सञ्चालनको अधिकार अब प्रदेश सरकारलाई आएको छ । प्रदेश सरकारले अहिले कार्यक्रमका कुनै पनि गतिविधि अगाडि नबढाएको बाजुराको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।

‘बाजुरामा एकीकृत बस्ती विकासका लागि सर्भे भएको थियो । अहिले हराएको छ,’ उनले भने, ‘बाजुरामा त्यो अन्यौल्यमा छ । कतै केही भएको छैन ।’ प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग कुरा गर्दा उनीहरुसमेत अन्यौलमा रहेको उनले बताए ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु