गृहपृष्ठ फलाम खाने मान्छे !
फलाम खाने मान्छे !
पेटबाट निस्कियो ११६ वटा फलामे किला र तार
तपाईंले कहिले देख्नुभएको छ फलाम खाने मान्छे ? अथवा, फलाम खायो रे भनेको सुन्नु भएको छ ? नहुन सक्छ । तर, कहिलेकाहीँ यस्तै घटना भइदिन्छन् ।
भारतको राजस्थानमा एक व्यक्तिको पेटमा ११६ वटा फलामका किला र तार भेटिएको छ । पेट दुखेर अस्पताल पुर्याइएका ती व्यक्तिको सोमबार शल्यक्रियाका क्रममा फलामका किला निकालिएको हो ।
बिरामी व्यक्ति पेटमा कसरी किला पुग्यो भन्नेमा अनभिज्ञ छन् । तर, परिवारले भने उनको फलाम खाने बानी रहेको बताएका छन् ।
प्रकाशित समय १९:३१ बजे

















