गृहपृष्ठ जर्मनीमा पाँच सिट भएको उड्ने ट्याक्सी सार्वजनिक
जर्मनीमा पाँच सिट भएको उड्ने ट्याक्सी सार्वजनिक
जर्मनीको लिलियम कम्पनीले विश्वमै पहिलो उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । गत महिना नमुना परीक्षणका क्रममा ट्याक्सी उडेर अवतरण हुन सफल भएपछि कम्पनीले व्यावसायिक उत्पादन गरी सार्वजनिक गरेको हो ।
विद्युतबाट चल्ने उक्त ट्याक्सीसँग ६० मिनेटमा ३०० किलोमिटरको यात्रा तय गर्ने क्षमता रहेको बताइएको छ । यसअघि, थुप्रै कम्पनीले दुई सिट भएका उड्ने ट्याक्सी परीक्षण गरेका छन् । बिहीबार सार्वजनिक गरिएको उक्त एयर ट्याक्सी २०२५ सम्ममा विश्वभरका विभिन्न सहरमा उपलब्ध हुने बताइएको छ ।
प्रकाशित समय ०७:४३ बजे

















