गृहपृष्ठ बगैँचामा सुतिरहेकी महिलाको मुखबाट सर्प छिरेपछि…
बगैँचामा सुतिरहेकी महिलाको मुखबाट सर्प छिरेपछि…
सांकेतिक तस्बिर
रुसमा एकजना सुतिरहेको महिलाको मुखबाट सर्प छिरेको छ । रुसी सञ्चारमाध्यममा उल्लेख भएअनुसार रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेका बेला मुखबाट सर्प छिरेको हो ।
चार फिटको सर्प मुखबाट छिरेपछि उनी अत्तालिएर ब्युँझिन्छिन् । त्यसपछि आफन्तले तत्कालै अस्पताल लैजान्छन् । डाक्टरहरूले उनलाई बेहोस बनाएर मुखबाट छिरेर घाँटीसम्म पुगेको सर्प ट्युबको सहायताले निकाल्छन् । सर्प निकाल्दा डाक्टरहरूसमेत आत्तिएका थिए ।
लेभासीका बूढापाकाहरुले घरबाहिर सुत्न नहुने र सुतेमा मुखभित्र सर्प छिर्ने भन्दै विगतदेखिदेखि नै सल्लाह दिने गरेको स्थानीय मिडियाहरुमा उल्लेख छ ।
प्रकाशित समय ०८:४५ बजे

















