गृहपृष्ठ मात्र एक मिनेटमा के–के हुन्छ ?
मात्र एक मिनेटमा के–के हुन्छ ?
विश्वमा एक मिनेटमा २०५ बच्चा जन्मिन्छन्
एउटा प्रचलित भनाइ छ– ब्रह्माण्ड २४ सै घण्टा बिनारोकटोक लगातार चलिरहन्छ । प्रत्येक क्षण विश्वमा केही न केही भई नै रहन्छ । त्यसैले विश्वमा सबैभन्दा मूल्यवान वस्तुका रुपमा समयलाई लिइन्छ । प्रत्येक क्षणको सही उपयोग गर्ने हो भने सफलता हात पार्न सकिनेमा सायदै कसैको दुईमत होला । विश्वमा जो–जो सफल भएका छन्, उनीहरुको सफलताको प्रमुख कारण समयको सही सदुपयोग नै हो ।
- आज हामी विश्वभरमा औसत एक मिनेटमा घट्ने घटनालगायतका विषयमा जानकारी दिँदै छौं ।
- हरेक मिनेट ९ सय ५० लाख टन (९५ करोड लिटर) पानी बाफ बनेर उड्छ ।
- म्यासेन्जर एप्लिकेसन ह्वाट्स एपबाट हरेक मिनेट चार करोडभन्दा बढी म्यासेज पठाउने र प्राप्त हुने गर्छ ।
- विश्वभरमा एक मिनेटमा एक करोडभन्दा बढी चुरोटका खिल्ली बिक्री हुन्छन् । युट्युबमा हरेक मिनेट ३ सय घण्टाभन्दा ज्यादा भिडियो अपलोड हुने गर्छ ।
- हरेक मिनेट २१२ प्लेन उडान भर्छन् ।
- हाम्रो मुटु एक मिनेटमा ६० देखि १०० पटकसम्म धड्किन्छ भने एक मिनेटमा पूरै शरीरमा तीनपटक रक्तसञ्चार भइसक्छ ।
- विश्वभरमा ५ करोड किलोभन्दा बढी खाना १ मिनेटमा खाइन्छ ।
- विश्वप्रसिद्ध कम्पनी एप्पलले प्रत्येक मिनेट ७४ लाख रुपैयाँ नाफा कमाउँछ भने माइक्रोसफ्टले प्रत्येक मिनेट १६ लाख कमाउँछ ।
- त्यस्तै गरी चर्चित ब्राण्ड नाइकले प्रत्येक मिनेट ३८ लाख रुपैयाँ नाफा कमाउँछ ।
- एक मिनेटमा २ हजारभन्दा बढी रुख काटिन्छन् ।
- विश्वमा एक मिनेटमा २०५ बच्चा जन्मिन्छन् भने सोही समयमा १०५ जनाको मृत्यु हुन्छ ।
- यसप्रकार प्रत्येक मिनेटमा १०० जनसंख्या वृद्धि हुन्छ ।
- विश्वमा हरेक मिनेट १८ जना बच्चाको भोकमरीका कारण मृत्यु हुन्छ ।
- पृथ्वीमा प्रत्येक मिनेट ३६० पटक चट्याङ पर्छ ।
- हरेक मिनेट विश्वमा १५ जना अपांग बच्चा जन्मन्छन् ।
- एक मिनेटमा विश्वभरमा ५५ हजार व्यारेल तेलको प्रयोग हुन्छ ।
- प्रत्येक मिनेट विश्वभर ४५ सय म्याक डोनाल्डका बर्गरहरु खाइन्छन् ।
प्रकाशित समय १६:२० बजे

















