गृहपृष्ठ गाँजर खानै पर्ने १८ कारण
गाँजर खानै पर्ने १८ कारण

सबैको लागि उपयुक्त मानिने गाँजर स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक छ । गाँजर रेसादार तरकारीमा पर्दछ । यो अति गुणवान हुन्छ । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले हामीलाई निम्न कुरामा फाइदा हुन्छ ।
- गाँजरले आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ ।
- गाँजर रेसादार हुने हुनाले यसले छाला तथा शरीरको चिल्लोपना र चमकपनलाई जोगाइ राख्छ र छालालाई खुम्चिन दिँदैन । जसले गर्दा व्यक्ति बुढो देखिँदैन ।
- महिनावारी अनियमित भएको समयमा गाँजर र सक्खर मिलाएर खानाले महिनावारी समयमा हुन थाल्दछ ।
- गाँजरमा भिटामिन ए हुने हुनाले यसले छाला तथा कपाललाई सुक्खा हुनबाट बचाउँछ ।
- गाँजरको सेवनले सूर्यका विकरणले छालामा पर्ने असरबाट पनि बच्न सकिन्छ ।
- गाँजर खानाले पिसाब साथै रगत पनि सफा हुन्छ र रगतको सर्कुलेसन राम्रो हुन्छ ।
- गाँजरको हलुवाले शरीरमा क्याल्सियम दिन्छ ।
- गाँजरको रसलाई पोलेको ठाउँमा लगाउँदा, घाउ सन्चो हुन्छ ।
- गाँजरको रसमा नुन, धनियाँको पात, जिरा, मरिच, कागतीको रस मिलाएर पकाएर खानाले पाचन शक्तिमा भएको गडबडी हट्छ ।
- उच्च रक्तचाप हुनेहरुको लागि पनि गाजरको सेवनले फाइदा गछ ।
- गाँजर खानाले आँखा तेजिलो हुनुका साथै मोतिविन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ ।
- गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
- गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ ।
- गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउछ ।
- अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ ।
- गाँजरमा भिटामिन इ हुनाले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।
- गाँजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।
- गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबलिकाको हड्डीको विकासमा सहयोग गर्छ ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित समय १८:०६ बजे