गृहपृष्ठ यौन शोषण आरोपको ५० वर्षे जेल सजाय कुकुरले बचायो
यौन शोषण आरोपको ५० वर्षे जेल सजाय कुकुरले बचायो
अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुवा हार्नरविरुद्ध अदालतमा एक बालिकालाई यौन शोषणको आरोपमा मुद्दा दर्ता गरियो ।
४२ वर्षिय जोशुवा हार्नरलाई यौन शोषणसँगै प्रमाण लुकाउन आफ्नै एक लूसी नामको कुकुरलाई समेत गोली हानी मारेको आरोप लाग्यो । प्रहरीले हार्नरलाई हिरासतमा लिई अदालतमा उपस्थित गराएसँगै बहस सुरु भयो । सुरुमा त ति बालिकाले हार्नरलाई दोषी सावित गर्न भरमग्दुर प्रयास गरिन । अदालतले मुद्दाको पूर्ण फैसला सुनाउन बाँकी हुँदा गैर नाफामुलक कानुनी संस्था ओरेगन इनोसेन्स प्रोजेक्टले समेत यो विषयमा अनुसन्धान गरिरहेको थियो ।
प्रहरीले हार्नरको कुकुरलाई धेरै दिनसम्म खोज्यो तर फेला पर्न भने सकेन ।
एक वर्षको अन्तरालमा बहस चलेकै समयमा अचानक लूसी अदालत पुगेपछि कहानीमा नयाँ मोड आयो । दाबी गरिएअनुसार प्रमाण नष्ट गर्न मारेको कुरा असत्य देखियो । सँगै प्रहरीले सोही कुकुरको सहयोगमा अनुसन्धान गर्यो । अन्त्यमा बालिकाको बयान असत्य सावित भयो र हार्नर ५० वर्ष जेलको हावा खानबाट बचे ।
एजेन्सी
प्रकाशित समय ०९:५५ बजे