गृहपृष्ठ विराटनगरमा नमुना आवास कार्यक्रमको मन्त्री पण्डितद्वारा शिलान्यास

विराटनगरमा नमुना आवास कार्यक्रमको मन्त्री पण्डितद्वारा शिलान्यास

lalbabu_pandit_newskarobar

विराटनगर महानगरपालिका- ५ मा १ सय नमुना आवासगृह बनाइने भएको छ । स्थानीय कञ्चनबारी चोक केशलिया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवासगृह बनाइन लागेको हो । सुकुम्बासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिलान्यास गरेका छन् ।

सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल, उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ लगायतको समेत सहभागिता रहनेछ । नेपाल सरकारको तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत २ करोड, ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहनेछ भने उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २० वटा घर बनाउने सहमति भएको छ ।

शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले तीनै तहका सरकारहरु देश निर्माणसहित समृद्धिको बाटोमा हिडेरहेको बताए । उनले भूमीहीन र विपन्न बर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको दावी गरे ।

संघीय,प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि केही गरौं भन्ने भावनाका साथ काम गरिरहेको मन्त्री पण्डितको भनाइ थियो ।

मन्त्री पण्डितले तराई मधेशका जनताको चौतर्फि विकासका लागि सरकारले तराइ, मधेस समृद्धि कार्यक्रम लागु गरेको जिकिर गरे । उनले सो कार्यक्रमले देशव्यापि रुपमा गति लिएको र चाडै तराईका सवै जाताजातीले राहत पाउदै जाने बताए ।

कार्यक्रममा प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनअपेक्षा अनुरुपका कामहरु हुँदै गएको बताए । राज्यले जग्गा र धनी पूर्जा बाढ्ने भन्दा पनि निश्चित बर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा उनको जोड थियो ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु