गृहपृष्ठ आगलागीमा जलेर युवतीको मृत्यु

आगलागीमा जलेर युवतीको मृत्यु

fire-jhapa-newskarobar फाइल तस्विर

तेह्रथुमको छथर गाउँपालिका–२ स्थित हमरजुङमा मंगलबार बिहान भएको आगलागीमा एक युवतीको जलेर मृत्यु भएको छ । घटनामा एक महिला घाइते भएकी छन् । स्थानीय राममाया कार्कीको काठको बेरा र टिनको छाना भएको दुई तले कच्ची घरमा अचानक आगलागी हुँदा छोरी २० वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगलागीमा परी राममाया कार्की गम्भीर घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । आगलागीबाट करिब १० लाख मूल्यबराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु