गृहपृष्ठ निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा दायर, ६ जना पक्राउ
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा दायर, ६ जना पक्राउ
कञ्चनपरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरीविरुद्ध मुद्दा दायर भएको छ । प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएकोे हो । एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरुको बयान आजबाट सुरु हुनेछ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।एसपी विष्ट र अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् । गत साउन १० गते घरबाट निस्किएकी निर्मला भोलिपल्ट उखुघारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित समय ११:२४ बजे

















