गृहपृष्ठ प्रदेश २ मा प्रशासनिक अधिकारी राख्ने तयारी

प्रदेश २ मा प्रशासनिक अधिकारी राख्ने तयारी

प्रदेश २ को सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी गरेको छ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारलाई काउण्टर दिने गरि प्रशासनिक अधिकार दिएको भन्दै प्रदेशमा आफ्नै मातहतमा रहने गरि प्रशासनिक अधिकारी राख्ने तयारी गरेको हो ।

शुक्रबार प्रदेश २ को मन्त्रीपरिषद बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ । उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्न र प्रदेश प्रहरीलाई परिचालन गर्ने गरी ८ वटै जिल्लामा प्रशानिक अधिकारी राख्न पाउने छ ।

मन्त्रीपरिषदको बैठकले प्रदेश प्रशासन सम्वन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई सैद्धान्तिक सहमति दिएको छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु