गृहपृष्ठ ट्राफिक प्रहरीलाई ३५ प्रतिशत प्रोत्साहन भत्ता

ट्राफिक प्रहरीलाई ३५ प्रतिशत प्रोत्साहन भत्ता

Traffic

ट्राफिक प्रहरीले अबदेखि ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । ट्राफिक प्रहरीलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएपछि ट्राफिक प्रहरीले यस्तो सुविधा पाउने भएका हुन् ।

तर, उक्त प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएमा मात्र यससम्बन्धी थप प्रकृया अघि बढ्नेछ ।

‘प्रोत्साहन भत्तासम्बन्धी निर्देशिका २०७५’ अनुसार काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउनेछन् । त्यसका लागि उनीहरू प्रहरी उपरिक्षक (एसपी) भन्दा तल्लो तहको ट्राफिक प्रहरी हुनुपर्ने छ ।

जसअनुसार प्रहरी हवल्दार जवान र कार्यालय सहयोगीले ३५ प्रतिशतसम्म यस्तो भत्ता पाउनेछन् । त्यस्तै प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीषकले २५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउनेछन् । त्यस्तै प्रहरी निरिक्षक (इन्सपेक्टर)ले २० प्रतिशत, र प्रहरी नायव उपरीक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु