गृहपृष्ठ राजीनामा दिन जनप्रतिनिधिलाई ‘विप्लव’ समूहको पत्रचार
राजीनामा दिन जनप्रतिनिधिलाई ‘विप्लव’ समूहको पत्रचार
जनप्रतिनिधिले मागे सुरक्षा
‘विप्लव’ समूहले चन्दा माग गरेपछि दैलेखका जनप्रतिनिधिले प्रहरी गुहारेका छन् । विप्लव समूहका नेता तथा कार्यकर्ताले स्थानीय जनप्रतिनिधलाई पदबाट राजीनामा दिन पत्रचार समेत गरेका छन् । राजीनामासँगै चन्दा पनि दिन माग गरेपछि जनप्रतिनिधिले सुरक्षा माग गरेका छन् ।
दैलेखका स्थानीय सरकारका जनप्रतिनिधिले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहसँग सुरक्षाको माग गरेका हुन् । उनीहरुले संवेधनशील ठाउँमा प्रहरी परिचालन गर्न माग गरेका छन् । प्रदेश प्रहरी प्रमुख शाहले अराजक गतिविधि गर्ने जोकोहीलाई प्रहरीले विशेष ढङ्गले खोजी गरिरहेको बताउँदै ढुक्क भएर बस्न जनप्रतिनिधिलाई आग्रह गरे ।
दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई विप्लव समूहले धम्कि दिएपछि चिन्तित भएका छन् ।
प्रकाशित समय १२:५१ बजे

















