गृहपृष्ठ निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
प्रतिनिधिसभामा ‘निर्वाचन आयोगको आव २०७४/०७५ को वार्षिक प्रतिवेदन’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
संवैधानिक आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा राष्ट्रपतिसमक्ष प्रस्तुत भएको उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत सदनमा छलफलका लागि प्रस्तुत गरिने सवैधानिक व्यवस्था छ ।
प्रकाशित समय १७:१९ बजे

















