गृहपृष्ठ श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै
श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको उपाचारका लागि आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् । प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका जाने भएका हुन् ।
अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।
प्रचण्ड पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता निकै थप कमजोर छिन । बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ ।
प्रकाशित समय १५:११ बजे

















