गृहपृष्ठ कटहरीमा बाँतर सरदार समाजको कल्याणकारिणी भवन बन्दै

कटहरीमा बाँतर सरदार समाजको कल्याणकारिणी भवन बन्दै

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङको कटहरी गाउँपालिकास्थित बाँतर जाति तथा दलित सामुदायीक भवनको शिलन्यास गरेका छन् ।
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको करिब ८० लाख रुपैयाँको लागतमा कटहरी–५ स्थित भौँडाहमा निर्माण हुने नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय कार्यालयको भवन तथा दलित सामुदायीक भवनको उद्घाटन भएको हो ।

मन्त्री पण्डितले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फी विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागू गरेको बताए । उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए ।

उनले सो काम इमान्दारिताका साथ पूरा गरे आगामी वर्ष थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए । तराई मधेश सम्मृद्धि कार्यक्रम देशका २२ जिल्लामा सञ्चालन भइरहेको छ । कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, सकुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायिक संरचना निर्माण हुदैछन् ।

नेपाल बाँतर सरदार समाज कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष मोहनलाल सरकारले आफ्नो समुदायलाई पनि सरकारले प्रथामिकतामा राखेको भन्दै खुसी व्यक्त गरे ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु