गृहपृष्ठ मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशतले घट्यो
मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशतले घट्यो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशतल घटेको छ । केपी ओली प्रधानमन्त्री भएपछि एक वर्षको अवधिमै मन्त्रिपरिषद्को खर्चमा २८ प्रतिशत कमी आएको हो ।
प्रधानमन्त्री ओलीले एक वर्षमा एक करोड ६२ लाख ९९ हजार रुपैयाँ खर्च कटौती गरेका छन् । प्रधानमन्त्री कार्यालयतर्फ २०७४ फागुन मसान्तसम्म ३ करोड ५२ लाख २५ हजार रुपैयाँ खर्च भएकोमा २०७५ फागुन मसान्तसम्म घटेर २ करोड ५३ लाख ९५ हजार रुपैयाँ खर्च भएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
यस्तै, मन्त्रिपरिषद् कार्यालयतर्फ गत वर्षको ३ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भएकामा २०७५ फागुन मसान्तसम्म त्यो घटेर २ करोड ७१ लाख ९८ हजार रुपैयाँमा आएको छ । वैदेशिक भ्रमण र दैनिक भत्ता कटौती गरिएको छ ।
प्रकाशित समय ०७:१९ बजे

















