गृहपृष्ठ सुरक्षा भ्यानले गराएकाे दुर्घटनाकाे भिडियाे भाइरल, बल्ल बाेले चन्द (भिडियाेसहित)
सुरक्षा भ्यानले गराएकाे दुर्घटनाकाे भिडियाे भाइरल, बल्ल बाेले चन्द (भिडियाेसहित)
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिबारमात्रै जानकारी पाएको बताएका छन् । उनले घटनाबारे अनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
शुक्रबार साँझ चन्दको स्कटिडमा खटिएको सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठकर दिएर भागेको थियो । सशस्त्र प्रहरी बलको लापर्बाहीपूर्वक चलाइएको बा. १ झ ९५२७ को पछुवा गाडीले स्कुरटरलाई ठक्कर दिएर लडे पनि बेवास्ता गर्दै गाडी अगाडि बढाएको थियो । भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
‘१५ गते नयाँ बानेश्वर स्थित ५ः४५ बजे तिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीको बिचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठी हिँडेको मलाई आज १६ गते सुरक्षाकर्मीले जानकारी गरायो’, चन्दले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘यसमा म अनविज्ञ थिए तर विभिन्न फेसबुक र मिडियाहरुमा मेरो बारेमा विभिन्न नराम्रा कमेन्ट देख्दा म दुःखित छु ।’ उनले स्कुटरमा सवार व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेको भएमा आफू भेट्न जाने बताएका छन् ।
प्रकाशित समय १६:०९ बजे

















