गृहपृष्ठ स्ववियु चुनाव गर्न नेविसंघको दबाब

स्ववियु चुनाव गर्न नेविसंघको दबाब

स्वत्रन्त विद्यार्थी युनियनको चुनाव तोकिएकै मितिमा गर्न माग गर्दै नेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कालो झण्डा गाडेको छ ।

यहि चैत्र २५ गते भित्र चुनाव गर्न दबाब स्वरुप मध्यपश्चिमाञ्च विश्विद्यालय केन्द्रिय क्याम्पस, शिक्षा विज्ञान क्याम्पस, मानविकि क्याम्पस, इन्जिनियरिङ्ग क्याम्पस, व्यवस्थापन क्याम्पस, विज्ञान क्याम्पस, विभिन्न संकाय तथा विश्वविद्यालय केन्द्रिय कार्यालयमा नेविसंघले कालो झण्डा गाडेको हो ।

नेविसंघ निवर्तमान महामन्त्री इश्वरबहादुर बिष्ट, निवर्तमान केन्द्रिय सदस्यद्धय अनिलबहादुर शाही, हरिप्रसाद शर्माको नेतृत्वमा गएको नेबिसंघको टोलीले चैत्र २५ गतेभित्र स्ववियु निर्बाचन गर्न दबाब स्वरुप कालो झण्डा गाडेको हो । तोकिएकै मितीमा निर्वाचन नभए आन्दोलनका थप कार्यक्रम गरिने नेविसंंघका नेता अनिलबहादुर शाहिले बताए ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु