गृहपृष्ठ दुधकोशी नदीले बगाएर एक युवा बेपत्ता

दुधकोशी नदीले बगाएर एक युवा बेपत्ता

खोटाङको ऐँसेलुखक गाउँपालिका डेम्लिटार स्थित चुच्चे भन्ने स्थानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् ।

सो नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुधकोशी गाउँपालिका–४ का २५ वर्षिय भरत चर्मकार बेपत्ता भएका हुन् ।

वेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु