गृहपृष्ठ हुरीपीडितको सहयोगमा जुट्न विद्यालयहरुलाई प्याब्सन र हिसानको आह्वान

हुरीपीडितको सहयोगमा जुट्न विद्यालयहरुलाई प्याब्सन र हिसानको आह्वान

बारा र पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र उच्च विद्यालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले प्रभावितहरुका लागि मानवीय सहयोगमा जुट्न आफ्ना विद्यालयलाई आग्रह गरेका छन् ।

हिसानका अध्यक्ष रमेश सिलवाल र प्याब्सनका महासचिव कुमार घिमिरेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी जोखिम व्यवस्थापन र पीडितको जीउधनको सुरक्षा दिन, स्वास्थ्य उपचार र राहत जुटाउन तथा मन, वचन र कर्मले साथ दिन सम्बन्धित प्रदेश र जिल्ला समिति तथा विद्यालयलाई आग्रह गरेका हुन् ।

चैत १७ गते साँझ ती जिल्लामा आएको भीषण हावाहुरीले २७ जनाको ज्यान गएको थियो भने पाँच सयभन्दा बढी घाइते भएका छन् । (रासस)

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु