गृहपृष्ठ गाउँपालिका अध्यक्षलाई आक्रमण गरेको आरोपमा चार जना पक्राउ
गाउँपालिका अध्यक्षलाई आक्रमण गरेको आरोपमा चार जना पक्राउ
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् । उनीहरुलाई हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए ।
मङ्गलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच÷छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका थिए । जनप्रतिनिधिमाथि आक्रमण हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले असुरक्षित महसुस भएको बताएका छन् ।
प्रकाशित समय ११:४४ बजे

















