गृहपृष्ठ सातै प्रदेशमा रेडक्रसको निर्वाचन सम्पन्न

सातै प्रदेशमा रेडक्रसको निर्वाचन सम्पन्न

redcross-newskarobar

नेपाल रेडक्रस सोसाइटीको प्रदेश ३ को समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । प्रदेश समितिको नेतृत्वका लागि पहिलोपटक भएको निर्वाचनमा भोलानाथ रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन् ।

नुवाकोटका रामजी पौडेल महासचिव र कोषाध्यक्ष सिन्धुपाल्चोकका भरत बस्नेत निर्वाचित भए । यसअघि, प्रदेश सभा कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए ।

यससँगै नेपाल रेडक्रस सोसाइटीका सबै प्रदेशको निर्वाचन सम्पन्न भएका छन् । तीमध्ये प्रदेश १, प्रदेश २, गण्डकी, ५  र कर्णाली प्रदेशका कार्यसमिति निर्विरोध चयन भएका हुन् । ३ नम्बर र सुदूरपश्चिम प्रदेशमा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

प्रदेश १ को चैत २९ गते सम्पन्न निर्वाचनमा धनकुटाका नरेन्द्र पोखरेल प्रदेश समितिको अध्यक्षमा र मोरङका ऋषिकेश कोइराला महासचिवमा निर्विरोध निर्वाचित भए । त्यस्तै, झापाका ओमप्रकाश गौतम कोषाध्यक्ष र झापाकै कृष्ण मैनाली उपमहासचिव चयन भए ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिको चैत २६ गते भएको निर्वाचनमा अध्यक्ष पदमा कञ्चनपुरका केशवदत्त पन्त निर्वाचित भए भने उपाध्यक्षमा जीवन राना, महासचिवमा देव बोहरा र कोषाध्यक्षमा हर्कराज शर्मा छनोट भए ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको समितिमा कास्कीका सूर्यप्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ को सभाले पर्साका फूल महमद मियाँको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ भने प्रदेश ५ का लागि अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्षमा चयन भएका छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा निर्वाचित भएका छन् ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु