गृहपृष्ठ पत्रकार रिहाईको माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

पत्रकार रिहाईको माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाई गर्न माग गर्दै महासंघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

पत्रकार गिरीलाई प्रहरी महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेर हिरासतमा राखेको छ । ठगीबारेको समाचार लेखेकै आधारमा ताण्डव न्यूज डटकमका प्रकाशक तथा सम्पादक रहेका गिरीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

महासंघले बिहीबार दिउँसो साढे ९ बजेदेखि साढे १० बजेसम्म एकघण्टा ७७ वटै जिल्लाका शाखामार्फत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेछ । महासंघले भोलि पत्रकार गिरीलाई रिहाईको माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण पत्र बुझाउनेछ ।

पत्रकार रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गर्न भोलि महासंघको आकस्मिक बैठक बोलाइएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु