गृहपृष्ठ पशुपति परिसरमा श्रीराम कथा ज्ञान महायज्ञ

पशुपति परिसरमा श्रीराम कथा ज्ञान महायज्ञ

पाशुपत क्षेत्र यतिबेला श्रीराम कथा ज्ञान महायज्ञले सजिएको छ । रामनवमी (चैतेदशैँ) को अवसरमा श्री शक्ति महिला समूहको सत्संकल्पमा राष्ट्रशान्ति तथा भातृत्व अभिवृद्धिको कामना गर्दै रामकथा शैलीमा विभिन्न झाँकीहरूसहित महायज्ञ सुरुवात गरिएको हो ।
श्री प्राणनाथ सेवा आश्रम देवघाटकी प्रमुख संरक्षक एवं नेपालकी पहिलो भागवत वाचिका विदुषी सुश्री तारा घिमिरेले बाचन गरिरहेको श्रीराम कथा ज्ञान महायज्ञ आउँदो वैशाख ८ गते पूर्णाहुतिसहित यज्ञ समापन गरिने आयोजक संस्था श्रीशक्ति महिला समूहकी अध्यक्ष सीता श्रेष्ठ खड्काले जानकारी दिइन् ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु